श्रम संस्कृतिकी रुबी कुमारी ठाकुर बनिन उपसभामुख !

राजनीति समाचार

चैत्र २६ शुक्रबार,२०८२/काठमाडौं-

श्रम संस्कृति पार्टीकि २५ वर्षकी सांसद रुबी कुमारी ठाकुर उपसभामुख बनेकी छिन ।

शुक्रबार उपसभामुखको निर्वाचनमा सफल भएकी रुबी कुमारी ठाकुर हाल सम्मकै कम उमेरकी उपसभामुख हुन ।

उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका थिए ।

उपसभामुख ठाकुरलाई २२९ मत हासिल भएको थियो भने राप्रपाकी सांसद सरस्वती लामाले ५ मत मात्र प्राप्त गरेकी थियिन ।

लामालाई आफ्नो पार्टीको मात्र समर्थन रह्यो । त्यस्तै २२ जना सांसद तटस्थ बसेका थिए ।

यता निर्वाचित उपसभामुख ठाकुरको पक्षमा भने श्रम संस्कृति, रास्वपा, नेपाली कांग्रेस र नेकपाले मत दिएका थिए ।