सभामुख अर्यालको कार्केडलाई ट्राफिक प्रहरीले काट्यो चिट !

राजनीति समाचार

बैशाख २ बुधबार,२०८३/काठमाडौं-

सभामुख डीपी अर्याल सवार रहेको कार्केडलाई ट्राफिक प्रहरीले कार्वाही गर्दै चिट काटेको छ ।

बुधबार बिहान थापाथलीमा सभामुख अर्यालको गाडीले लेन क्रस गरेपछि  अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको हो  ।

ट्राफिकले उनको गाडी पछ्याउदै सिंहदरबार पुगेर जरिवाना गरिएको थियो ।  सम्भवतः यसरी भिभिआइपी सवारीलाई नियम उल्लंघन गरेकोमा कार्वाही गरेको यो पहिलो घटना हो ।

यद्यपि यसलाई धेरैले स्टन्ट हुन सक्ने बताएका छन ।