०६२ देखि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन !

राजनीति समाचार

बैशाख ३ बिहीबार,२०८२/काठमाडौं-

सरकारले २०६२ देखि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरु तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेकोव छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशद्वय चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन प्रकाश लम्साल रहेका छन् ।

यद्यपि भ्रस्टाचार माथि छानबिन ०६२ देखि यता मात्र न भएर यसअघिको पनि हुनु पर्ने धेरैको धारणा रहेको छ ।