
बैशाख ७ सोमबार,२०८३/काठमाडौं-
गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरण विवादास्पद रहेको र श्रोतमा स्पष्टता न भएको पाइएको छ ।
हालै सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने क्रममा गृहमन्त्री गुरुङको स्वामित्वमा रहेको लम्पसम’ (एकमुष्ट) भागमा पारदर्शिता देखिएको छैन ।
उनले सम्पत्तिमा देखाएको ८९ तोला सुन, ६ किलो चाँदी र विभिन्न कम्पनीमा रहेका करोडौंको सेयर खरिदको स्रोत पनि पारदर्शी रूपमा उल्लेख छैन ।
त्यसैगरी उनले दुई वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा थप ५० लाख रुपैयाँका ५० हजार कित्ता संस्थापक सेयर खरिद गरेको पनि पाइएको छ तर त्यो कुरा सम्पत्ति विवरणमा उल्लेख छैन ।
उनले पैतृक तथा व्यवसायबाट आर्जेको उल्लेख गरेको विवरणमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा भएको २५ हजार कित्ता र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता सेयर लुकाएको पाइएको छ ।
उता उनको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका तर्फबाट आधिकारिक धारणा भने आउनै बाकी छ ।यसैबीच आजै सामाजिक संजालमा सार्वजनिक भएको स्पष्टीकरणमा उनले ऋण लिएर सेयर किनेको बताएका छन् ।धितोपत्र बजारमा कारोबार हुने सेयर २ करोडभन्दा बढीको रहेको विवरणमा उल्लेख गरेको र दुई माइक्रोफाइनान्सको सेयर पनि त्यसैमा पर्ने दाबी गुरुङले स्पष्टीकरण दिएका छन् । तर धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई माइक्रोइन्स्योरेन्सको सेयरसमेत रहेको गुरुङको दाबी गलत साबित भएको छ; किन भने लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स दुवै कम्पनी अहिलेसम्म आईपीओमा न गएको पाइएको छ ।
तसर्थ आईपीओमा जाँदै नगएका कम्पनीको सेयर धितोपत्र बजारमा कारोबार नै हुँदैन ।
त्यस्तै उनको सैयो रोपनी जग्गा पनि हदबन्दी अन्तर्गत पर्द्छ । यस बिषयमा पनि उनले दाजुभाई न छुट्टिएको बहाना बनाउदै आएका छन ।
