बैशाख ९ बुधबार,२०८३/काठमाडौं-
गृहमन्त्री सुधन गुरुङले सम्पत्तिको विवाद पछि चौतर्फी विरोध आएपछि राजीनामा दिएका छन ।
बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सिंहदरबारमा भेटेलगत्तै सामाजिक संजाल फेसबुकबाट राजीनामाको घोषणा गरेका हुन् ।
फिल्मी तरिकाले गृह मन्त्रालयमा काम कार्वाही थालेका गुरुङले आफैले पक्राउ गर्न लगाएको व्यवयायी दिपक भट्टको कम्पनीमा साझेदार भएको प्रमाण बाहिरिएपछि उनी विवादै विवादको भुमरीमा एक पछि अर्कोमा फस्दै गएका थिए ।
यद्यपि सुरुमा उनी राजीनामा नदिने मानसिकतामा थिए । प्रधानमन्त्री शाह्को निकट पात्रको रुपमा चिनीने उउनीमाथि हाइप्रोफाइलहरुलाई पक्राउ गर्ने र भ्रष्टाचार पुष्ठि भएमा कार्वाही गर्ने ठुलो अपेक्षा राखिएको थियो ।
हालका सभामुख डोलप्रसाद अर्याल देखि धेरै इस्छुकहरुलाई किनारा लगाउदै युवा गृहमन्त्री बन्न सफल भएका थिए ।
उनले जेनजीको हत्यारा भन्दै सपथ खाएकै राति प्रहरी हेडक्वाटरमा गएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आदेश दिएका थिए ।
उनको क्रियाशीलता लोभलाग्दो भए पनि सम्पत्ति विवरणमा पारदर्शिता न हुँदा उनी चरम विवाद पछि बाहिरिनु पर्यो ।
अबको गृहमन्त्री को बन्ने भन्ने विषयमा सर्वत्र चासो रहेको छ ।
