वैशाख ११ शनिबार २०८३/नयाँ दिल्ली-
आम आदमी पार्टी (आप) का नेता तथा राज्य सभा सांसद राघव चड्ढा सात जना सांसदहरूसहित भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्ने घोषणा गरेका छन ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आम आदमी पार्टीका सांसद चड्ढाले १५ वर्ष देखि जोडिएको पार्टी परित्याग गर्दै भाजपामा नयाँ अध्याय सुरु गर्ने भएका हुन ।
चड्ढालाई केही समय अघि मात्र उनको पार्टीले राज्य सभाको उप-नेताको जिम्मेवारीबाट हटाएको थियो ।
अन्य पार्टी प्रवेश गर्दा आफ्नो सांसद पद गुम्ने हुँदा भारतिय संविधानले गरेको व्यवस्ताको भरपुर उपयोग गर्दै उनले दुई-तिहाई सदस्यहरु सहित भाजपा प्रवेश गरेका छन ।
यस संवेधानिक जुक्ति संगै उनले आफ्नो सांसद पद पनि सुरक्षित राख्न सफल हुँदै छन ।
“जुन पार्टीलाई मैले आफ्नो रगत-पसिना दिएर १५ वर्षसम्म सिँचेँ, त्यो पार्टी अहिले आफ्नो सिद्धान्त र नैतिक मूल्य-मान्यताबाट पूर्ण रूपमा विचलित भइसकेको छ। अब यो पार्टी राष्ट्रहितका लागि नभई निजी स्वार्थका लागि काम गरिरहेको छ,” उनले बताए ।
राघव चड्ढा संगै सन्दीप पाठक, अशोक मित्तल, हरभजन सिंह, स्वाति मालीवाल, राजेन्द्र गुप्त र विक्रम साहनीले ‘आप’ छोडेर भाजपामा सामेल हुने निर्णय गरेका छन् ।
चड्ढाले आफूलाई धेरैले पहिलेदेखि नै ‘सही मान्छे तर गलत पार्टीमा’ रहेको बताउने गरेको स्मरण गर्दै अब जनताको सेवाका लागि नयाँ बाटो रोजेको दाबी गरेका छन । भाजपाले चड्ढालाई मन्त्री बनाउने आश्वासन दिएको हुन सक्ने अड्कलबाजी धेरैले गरेका छन ।
यस घटनाले भारतीय राजनीतिमा निकै उथलपुथल ल्याएको छ ।
