बैशाख १३ आइतबार,२०८३/ह्वाइट हाउस-
अमेरिकाको ह्वाइट हाउसमा आयोजीत रात्रिभोज कार्यक्रममा गोली चलेको छ ।
शनिबार राती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग आयोजना गरेको रात्रिभोजमा गोली चलेपछि केहि समयका लागि तनाव सृजना भएको हो ।
ट्रम्पले डिनर कार्यक्रमअघि आफ्नो टोलीलाई कुनै सुरक्षा खतराबारे जानकारी नभएको स्विकार्दै हमलाको उद्देश्यबारे पनि आफु जानकार न भएको प्रतिक्रिया दिएका छन । राती अचानक ७/८ राउन्ड गोली चलेको आवाज आएपछि सहभागी सबै आत्तिएका थिए ।
हालै राष्ट्रपति ट्रम्पमाथि दुई पटक ज्यानमार्ने प्रयास भइसकेका छन । सुरुमा जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा उनीमाथि हमला भएको थियो ।
ट्रम्पले कार्यक्रम स्थल पूर्ण रूपमा सिल गरिएकोले आक्रमणकारी बलरुमनजिक पुग्नै न सकेको दाबी गरे ।
घटनाबारे थप अनुसन्धान भई रहेको बताउदै उनले कुनै पनि घटनाले आफुलाई इरानमाथिको जीतबाट कसैले रोक्न न सक्ने उल्लेख गरेका छन ।
नियन्त्रणमा रहेको करिब ३१ वर्षको आक्रमणकारी पुर्ण रुपले सुरक्षित रहेको र अनुसन्धान अघि बढेको सिक्रेट सर्विसका अधिकारीहरुले बताइएका छन ।
