बैशाख ३१ बिहीवार,२०८२/काठमाडौं-
रुकुम पश्चिमका सांसद गोपाल शर्माले सरकारको निति तथा कार्यक्रम शब्दले भरिभराउ भएको तर दिशा बिहिन रहेको प्रतिकृया दिएका छन ।
बिहीवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे बोल्दै शर्माले नयाँ सरकारको नीति तथा कार्यक्रम पनि पुरानैको निरन्तरता भएको बताए ।
‘नयाँ भन्ने दलको नयाँ सोच, लक्ष्य यसमा छैन । बरु पुरानै दलको निरन्तरता यसमा झल्किएको छ,’ उनले उल्लेख गरे ।
कर्णालीका पुर्व अर्थ मन्त्री समेत रहेका नेता शर्माले रास्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा हिडेका प्रधानमन्त्री बालेन्द्र शाह अहिले सम्म उपस्थित न भएको भन्दै व्यंग्य पनि कसेका थिए ।
शर्माले ७० नम्बर बुदामा जाजरकोट भुकम्पबाट क्षति भएका समरचना बनाउने भनेर औपचारिकता मात्रै प्रस्तुत गरिएको भन्दै यसका लागि अलग्गै समरचना कार्यनयनका लागि चाहिने बताए ।
‘बिगत अढ़ाई वर्ष देखि रुकुम, जाजरकोट तथा सल्यान लगायतका जिल्लामा अहिले पनि टहरामा प्रभावित जनता रहेका छन । यसका लागि अलग्गै समरचना कार्यनयनका लागि चाहिन्छ,’ उनले ठोस माग राखे ।
साथै उनले सुगममा बजेठ थुपार्ने प्रवृत्ति कार्यक्रममा झल्किएको भन्दै असन्तुष्टि ब्यक्त गरे । उनले कृषि क्षेत्रलाई यसपालि उपेक्षा गरिएको भन्दै दुख पनि ब्यक्त गरे ।
उनले सुरुमै जनयुद्ध, जनआन्दोलन र जेनजी आन्दोलनका सहिद्प्रतप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै निर्वाचनमा जिताएर सदनमा पठाएका रुकुमेली जनतालाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्