बोलोच लिबरेशन आर्मीले लियो जिम्मा

पाकिस्तानको क्वेटा शहरमा रेल आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु !

५० भन्दा बढी घाइते


जेठ १० आइतबार,२०८३/क्वेटा-

पाकिस्तानको क्वेटा शहरमा यात्रुवाहक रेलगाडी माथि भएको आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका छन ।

आइतबार पाकिस्तानको बलोचिस्तान-अल-अरेबिया प्रान्तमा भएको सो आक्रमणमा रेलमा सवार सैनिक लक्षित रहेको भन्दै पृथकताबादी संगठन बलोच लिबरेशन आर्मीले जिम्मा लिएको हो ।

रेलको लीगमा गरिएको बम बिस्फोट प्रायः सुरक्षा कर्मीहरुको चहल पहल रहने स्थानमा गरिएको अल जजीराले जनाएको छ ।

दुर्घटना लगत्तै नजिकैका घाइते रहेका अस्पतालहरुमा स्वास्थ्य आपतकाल घोषणा गर्दै अनुसन्धान थालीएको छ ।

यस अघि २०२४ मा पनि धेरै सैनिकहरुको ज्यान जानेगरी २४ जनाको आत्मघाती आक्रमणमा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार
अरु पनि पढ्नुहोस्