जेठ २० बुधबार,२०८३/नयाँ दिल्ली-
भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा रेस्टुरेन्टमा भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्युु भएको छ ।
बुधबार नयाँ दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको रेस्टुरेन्टमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा २१ जनाको ज्यान जानुको साथै दर्जनौँ घाइते भएका हुन ।
घटनास्थलमा आगो निभाउन दस दमकल, दुई वाटर बाउजर लगायतका उपकरण पठाइएको थियो । टाइम्स अफ ईन्डियाका अनुसार घटना स्थलबाट ४७ जनाको उद्धार गरिएको थियो ।
घाइतेहरुको साकेतस्थित म्याक्स अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदै छ भने धेरैको अवस्था गम्भीर छ । उनीहरुलाई
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अस्पताल पुर्याइएका ३९ जनामध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो । १५ जना आईसीयूमा उपचाररत छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको जनाइएको छ ।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले दुःख व्यक्त गरेका छन ।
सरकारले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
सो भवनमा रहेको गेस्ट हाउसमा प्रायः जसो उपचारका लागि आउने बिरामीहरु तथा उनका आफन्त बस्ने गर्थे । घटनामा केही बाङ्लादेशी नागरिकहरुको पनि मृत्यु भएको आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्