कीर्तिपुरको होल्डिङ सेन्टरमा एक जना सुकुमवासी दर्जीको मृत्यु !

लामो समय देखि फोक्सोको समस्या


कीर्तिपुरको होल्डिङ सेन्टरमा बसि रहेका एक जना सुकुमवासी भेष बहादुर दर्जीको मृत्यु भएको छ ।

बिहीबार दर्जीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
लामो समय देखि नै बिरामी रहेका दर्जीको स्वास्थ्य अवस्थामा झन जटिलता आए पछि वीर अस्पताल लगिएको उनकी श्रीमती बिमला सुनुवारले जनाइन ।
उनको फोक्सोमा पानी जमेको पाइए पछि आइसियुमा राखिएको थियो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ ।

 

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार
अरु पनि पढ्नुहोस्