प्रधानमन्त्री बालेनको सीमाबारे अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन !



जेठ २३ शनिबार,२०८३/काठमाडौं-

प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टीले प्रदर्शन गरेको छ ।

शनिबार प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्दै खबरदारी सभा गरेको हो ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्त दिए लगत्तै विभिन्न राजनीतिक दल तथा साधारण नागरिकले समेत असन्तुष्टि ब्यक्त गरेका छन ।

उनले संसदमा सम्बोधन गर्दै भनेका थिए कि उनले पनि प्रधानमन्त्री भएपछि नै थाहा पाएका थिए कि भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ भनेर ।

लगत्तै सत्तारुढ प्रधानमन्त्रीको दल बाहेक सबै दलहरुले प्रतिनिधि सभामा सो अभिव्यक्ति लज्जास्पद भएको भन्दै उनले माफी माग्नुको साथै संसदको रेकर्डबाट सो कुरा हटाउनु पर्नेमा जोड दिएका थिए ।

यसैगरी राष्ट्रिय सभामा पनि विभिन्न राजनितीक दलका सांसदहरुले आपत्ती जनाउदै बैठक अवरुद्ध गरेका थिए ।

यसअघि अखिल क्रान्तिकारी लगायतका बिध्यार्थी संगठनहरुले पनि विरोध प्रदर्शन गरि सकेका छन ।

प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार
अरु पनि पढ्नुहोस्