जेठ ३१ आइतबार,२०८३/काठमाडौं-
सेलिब्रेटी सेफ सन्तोष साह ठगी आरोपमा पक्राउ परेका छन ।
साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले धनुषाको जनकपुर उपमहानगरपालिका-८ बाट पक्राउ गरेको हो ।
अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार एउटा रेस्टुरेन्ट किनबेच कारोबारको सिलसिलामा ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
सिराहा कर्जन्हा नगरपालिका-११ घर भएका साहका विरुद्ध चितवनकी सकुन्तला थापाले जाहेरी दिएकी थिइन ।
सकुन्तलाले २ वर्षअघि साहलाई काठमाडौंको गैरीधारास्थित आफ्नो रेस्टुरेन्ट २ करोड २५ लाख रूपैयाँमा बेचेको तर हाल सम्म डेढ करोड भन्दा बढी रकम विभिन्न बहाना बनाउदै न बुझाएको आरोप लगाएकी छिन ।
साहले गत वर्ष पैसा न भएको चेक दिएको र हाल सम्म पनि सो खातामा रकम जम्मा न भएको थापाको भनाई छ ।
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्