लागुऔषध पनि भयो बरामद

युवतीलाई जङ्गलमा लगेर खुकुरी देखाई कुटपिट गर्ने युवक पक्राउ !

इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले मंगलबार राती गर्‍यो पक्राउ


असार ३ बुधबार,२०८३/दाङ-

प्रहरीले दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने युवकलाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका-०२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेका थिए ।

मगरले मंगलबार भिडियो आफ्नै फेसबुक आईडी मार्फत सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोही राती १०:४० बजे उनकै घरबाट लागुऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै तुलसीपुर -०२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई पनि घटनामा समलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार
अरु पनि पढ्नुहोस्