असार १८ बिहीवार,२०८३/दैलेख-
सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दैलेखस्थित चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडाममा दुर्घटना भएर कर्णाली नदीमा खसेर बेपत्ता भएको छ ।
बिहिवार कर्णाली राजमार्ग हुँदै कालिकोटका लागि प्रस्थान गरेको सो यात्रुवाहक फोर्स गाडी करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको हो । खोजकार्यकै क्रममा एक जना पुरुषको शव भने नदी न पुग्दै रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ । उनको पहिचान भने हुन बाकी छ ।
कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी नदीमा डुबेकोले सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगे पनि उद्धार कार्यमा निकै कठिनाई भएको बताइन्छ ।
यसैक्रममा सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाको उद्धार टोली खोजकार्यमा लागेको छ ।
उक्त गाडीमा कतिजना यात्रुहरु सवार रहेको यकिन जानकारी भने प्राप्त भएको छैन ।
मृत्यु राजमार्ग भनेर चिनीने कर्णाली राजमार्गमा प्रायः दुर्घटना भई रहन्छ तर राज्य यस विषयमा गम्भीर भएको देखिदैन ।
प्रतिक्रिया दिनुहोस्