
श्रावण १२, २०८३/बिरेन्द्रनगर-
नेपाली कम्युनिस्ट पार्टीका मंगल बहादुर शाही कर्णाली प्रदेशका नयाँ मुख्य मन्त्री बनेका छन् ।
मंगलबार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
शाहीको शपथ ग्रहण भने बुधबार तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्