भाद्र २५ बिहीवार,२०८३/काठमाडौं-
उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।
बिहीबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सिंहदरबारमा उहाँको कार्यकक्षमा भेटेर मन्त्री यादवले राजीनामा बुझाएकी हुन् ।
बुधबार संसद्को उद्योग समितिमा मन्त्री यादवले ग्यास अभाव हुनुमा उद्यमी व्यवसायीको बदमासी भएको र उनीहरुकै कारणले कालोबजारी हुने गरेको अभिव्यक्ति दिए पछि विवादमा तानिएकि थिइन ।
साथै, उनले कर्मचारीले समेत आफूलाई सहयोग नगरेको तथा करोडौँ पैसा दिएर लाइसेन्स दिएको समेत बताएकी थिइन ।
बुधबार समिति बैठकमा मन्त्री यादवले कर्मचारीले समेत आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको भन्दै कर्मचारीहरू उद्योगीको इसारामा मात्र चल्ने गरेको बताएकी थिइन् ।
गत चैत २७ गते मन्त्री बनेकी यादवको कार्यकाल करिब पाँच महिना मात्रै रह्यो । उनको कार्यकाल भने विवादमै बित्यो ।पेट्रोलको मूल्य बढ्दा पनि उनलाई सूचना चुहाएको आरोप लागेको थियो ।
५८ वटा ग्यास उद्योग नेपाल जस्तो देशका लागि उपयुक्त न भएको बताएकी थिइन । उनले धेरैमा दुइटा भन्दा बढी ग्यास उद्योग नचाहिने पनि बताएकी थिइन् ।
‘सबै उद्योग खारेज गर्नुपर्छ । मैले धेरै अगाडिसम्म गएर बोलेँ, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ ।’ उनले बताएकी थिइन ।
‘मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा । तर देशको लागि गर्ने हो भने यो हामीले बुझ्नै पर्ने कुरा हो’, उनले भनेकी थिइन्, ‘पार्टीको कुरा होइन, देशको कुरा हो । जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ । अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो ।’ उनले जोड दिएर बोलेकी थिइन ।
प्रतिक्रिया दिनुहोस्