पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न चौतर्फी दबाब !



श्रावण २८ बिहीवार,२०८३/काठमाडौं-

पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठको रहाईका लागि चौतर्फी दबाब बढेको छ ।

बिहीवार साझ पक्राउ परेका पत्रकार तथा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष किशोर श्रेष्ठको रिहाईका लागि यतिखेर सम्पुर्ण सञ्चार जगत एक जुट भएको छ ।

आजै बिहान नेपाल पत्रकार महासंघकि अध्यक्ष निर्मला शर्माको नेतृत्वमा प्रहरी परिसर भद्रकालीमा पत्रकारहरुले श्रेष्ठको रिहाईको माग गर्दै धर्ना दिएका थिए ।

श्रेष्ठलाई वैयक्तिक गोपनियता सम्बन्धी आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको भनिए पनि सञ्चार कर्मीहरुले भने धरपकड न गरी प्रेस काउन्सिल मार्फत समाधान खोजीनु पर्ने भन्दै आक्रोश जनाएका छन ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित गरिएको थियो ।

जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका श्रेष्ठका विरुद्ध एक जना महिलाले सप्तरीका रास्वपाका सांसद र आफ्नो बारे समाचार छापेको भन्दै उजुरी दिएकी थिइन ।

प्रहरीले जनआस्थाको कार्यालयमा पुगेर कमप्युटर समेत जफत गरेको छ ।

 

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्