भाद्र ४ बिहीवार,२०८३/काठमाडौं-
रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी पोसाक खरिदमा अनियमितता भएको र कागजात पनि उपलब्ध न गराइएको भन्दै आक्रोश व्यक्त गरेका छन ।
बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरी पोशाक खरिदका विवरण लुकाइएको भन्दै पुनः करोडौँको टेन्डर गरिएको बताएका हुन ।
यसैगरी उनले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वाटर कब्जा गरेको दाबी पनि गरेका छन ।
‘हामीले १५ दिनभित्रमा त्यो प्रहरीको पोसाक खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आएकै छैन,’ उनले उल्लेख गरे ।
उनले आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको भए वा मानमर्दन भएको लागेमा अदालत जान समेत चुनौती दिए ।
सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबिच यसअघिको सार्वजनिक लेखा समिति बैठकमा सोही विषयमा भनाभन पनि भएको थियो । र केही दिन अघि उनले सामाजिक संजाल फेसबुकमा तपाईंको तिर लुगा र बुट खान्छन कि लगाउछन भन्दै लेखेका पनि थिए ।
प्रतिक्रिया दिनुहोस्