मुगुको मुर्मामा बन्दै रारा इको रिसोर्ट

पर्यटन मनोरञ्जन समाचार

भाद्र २१, २०७८/मुगु-
मुगु जिल्लाको छायानाथ गाउँपालिकास्थित रारा ताल नजिकै मुर्मा पहाडको माथी रारा इको रिसोर्ट बन्दै छ ।

यस सुन्दर स्थानबाट सुन्दर कन्चन रारा ताल अवलोकन गर्न सकिन्छ र उचाईमा रहेको हुँदा वारि पारीका मनोरम दृश्यहरु पनि हेर्न सकिन्छ ।

यसअघि पनि ठुलो संख्यामा मानिसहरु घुम्न यस उचाई भएको स्थानमा आए तापनी ब्यवस्थित बसाईको निकै समस्या थियो । यसै कुरालाई मध्यनजर गर्दै, स्थानीय चर्चित पर्यटन व्यवसायी देबी कृष्ण रोकायाले यस सुविधा सम्पन्न रिसोर्टको कल्पनालाई साकार पार्दै छन । उनी गाउँ पर्यटन प्रबर्द्धन मन्चका केन्द्रिय सदस्य भएर पनि एक कार्यकाल काम गरि सकेका छन र कर्णाली पर्यटनका एक होनहार युवा व्यवसायी हुन ।


‘होटेल तथा रिसोर्ट आवश्यक हुन तर रारा तालको सुन्दरता र पर्यावरणलाई नोक्सानी न हुने गरि अलि दुरीमा संचालन गरिनु पर्छ,’ रोकायाले भने।
करिब ९० प्रतिशत मानिसहरु रारा पुगेका मुर्मा पुग्छन र जो पुग्दैन उसले वास्तविक राराको यात्रा छुट्टाएको छ,’ उनले भने,’ यसै कारणले सुविधाका साथ यो सपना साकार पार्न र सम्पुर्ण सुन्दर दृश्य अवलोकन गराउने उदेश्यले यो रिसोर्ट यस उच्च स्थलमा बनाइदै छ’।
यहाँको बसाई यादगार मात्रै होइन आरामदायी पनि बनाउने उनको योजना रहेको छ ।
यहाँबाट सम्पुर्ण रारा ताल, छायानाथ, चुचेमारा, मुर्मा गाउँ, रिमोक्चा, चन्खेली, कान्जिरोवा, कोइकी हिमाल, राराको सुर्यौदय लगायतका मनमोहक दृश्यहरु देख्न सकिन्छ ।


सन २०१९ देखि उनले माझघट्ट नजिकै खत्याड खोला जाने बाटोमा एउटा होमस्टे चलाउदै आएका छन । जसमा प्रत्येक दिन जसो ५०-१०० पाहुनाहरु आउने गर्छन ।
मुर्मास्थित रिसोर्ट १० रोपनी जग्गामा फैलिएको छ भने स्थानीय कच्चा पदार्थबाट निर्माण गरिएको छ । यसको पुर्णनिर्माणसंगै प्रत्येक दिन करिब ३०० को हाराहारीना आगन्तुकहरुलाई स्वागत गर्ने योजना रहेको छ ।

उनले लामो समयदेखि रारा एडवेन्चर पनि सन्चालन गर्दै आएका छन । पर्यटकहरुलाई पुर्ण सुविधा र सुरक्षा दिइनु पर्ने व्यवसायीको जिम्मेवारी भएको उनको धारणा छ ।