जेष्ठ २१, २०७९/काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट बिध्यार्थी संगठन अखिल क्रान्तिकारिलाई आगामी निर्वाचनसम्म पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन्।
अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित कार्यालय टीमसँग भएको छलफलमा प्रचण्डले संगठनभित्रको समस्यालाई समाधान गर्न समेत जोड दिएका थिए।
संगठन विस्तार गरि समाजमा राजनीतिक चेतना सहितको सन्देश दिन समेत निर्देशन दिएको, अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।
निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याएको भन्दै प्रचण्डले युवा विद्यार्थी त्यही अनुसार अघि बड्नुपर्ने बताएका थिए।
पछिल्लो निर्वाचनमा पार्टीले युवालाई अघि बढाएको र अबको निर्वाचनमा पनि युवालाई अघि बढाउने प्रचण्डले प्रतिबध्दता जनाएका छन्।
संगठनका विविध विषयमा छलफल गर्न भएको बैठकमा माओवादीका नेता वर्षमान पुन,विद्यार्थी इन्चार्ज हितमान शाक्य र अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष रञ्जित तामाङ सहभागी थिए।
