
जेष्ठ २४, २०७९/काठमाडौं
बन्चरेडाँडाका स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बोकेका गाडीहरुलाई अवरोध गरेका छन ।
सोमबार मात्र सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्ने विषयमा सहमति भएको थियो । तर बन्चरेडाँडाका स्थानीयहरुले सो सहमति आफुहरुलाई मान्य न हुने बताएका छन ।
सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले सहमति जनाएको थियो । सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने उल्लेख थियो ।
केही दिन अघि नवनियुक्त काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफै त्यहाँ पुगि स्थानीय बासिन्दासंग उनीहरुको समस्याहरुका बारेमा कुरा गरेका थिए ।
फ़ोहोर उठ्न न सक्दा राजधानी काठमाडौंका गल्ली र सडकहरुमा फोहोरले भरिएको छ र सहर दुर्गन्धित भएको छ ।
