
जेष्ठ २४, २०७९/काठमाडौं
होन्डा नेपालका संचालक सौरभ ज्योतीले देशै भरी रहेका आफ्ना १०७ वटा शोरुमहरुमा रहेका सौचालयहरुलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर ज्योतिले सो जानकारी गराउनु भएको हो ।
दुबै पक्षबीच सहमतिमा हस्ताक्षर पनि भएको थियो ।
“तपाईं आफैले अरुलाई पछ्यौउन न जान्दा सम्म, आफू नेता भएर अरुलाई पस्छ्यौन लगाउन सक्नु हुन्न ” भेट पछि ज्योतीले भेने ।
मेयर बालेनले ब्यवसायीहरुलाई आफ्ना सौचालयहरु सार्वजनिक बनाउन आवहान गरे लगत्तै ठमेलका एक जना होटेल ब्यवसायीले कार्यन्वयन गरेका थिए ।
त्यसैगरी देशै भरी सो अभियानमा सकृयताकासाथ सहभागी हुनेहरुको संख्या बढी रहेको छ ।
