
जेष्ठ २५, २०७९/काठमाडौं-
काठमाडौं महानगरपालिकाको आव्हानमा होन्डा नेपाल पछि नबिल बैंकले पनि आफ्ना शाखाहरुमा रहेका सौचालयहरु सर्वसाधारणका लागि उपलब्ध गराउने भएको छ ।
बुधबार काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह र नबिल बैंकका सिईओ अनिल केसरी शाह बिच सो कार्यका लागि सम्झौता भएको हो ।
मेयर बालेनले निर्वाचन जितेपछी विभिन्न होटेल तथा कार्यालयहरुलाई आफ्ना सौचालय सार्वजनिक प्रयोगका उपलब्ध गराउनका लागि आव्हन गर्ने घोषणा गरेका थिए ।

