
जेठ २५, २०७९/अछाम-
अछामका पञ्चदेवल विनायक नगरपालिका मृत अवस्थामा भेटिएका १७ वर्षीय किशोर बिनोद शाहीको शव उठाउन स्थानीय सहमत भएका छन । कक्षा १० मा अध्ययनरत शाहीको शव यहि २१ गते भेटिएको थियो ।
शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ, जिल्ला प्रहरी कार्यलयका अनुसार । शाहिको शव ५ दिन पछि मात्र भेटिएको थियो ।
सोही घटनामा समलग्न भएको हुन सक्ने भनी अनुसन्धानका क्रममा, केन्द्रिय ब्युरो टोलिले शंकास्पद ५ जनालाई पक्राउ गरेको छ । अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोलीले सो घटनाबारे अनुसन्धान गरि रहेको छ । मृतकको परिवारले १८ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।