
जेठ २६, २०७९/चितवन-
चितवनको राप्ती नगरपालिकामा एक जना युवतीमाथी दुई महिना सम्म बन्धक बनाएर सामूहिक बलात्कार भएको उजुरी प्रहरी समक्ष परेको छ । सोही उजुरीका आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको छ । पीडितकि भाउजुले खैरेनी प्रहरी चौकिमा पीडित सहित जेठ २४ गते किटानी जाहेरी दिएपछि अनुसन्धान अगाडि बढेको हो । चितवन प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीका अनुसार घटनामा समलग्न अन्य ब्यक्तिहरुको पनि खोजी भई रहेको छ ।
२७ वर्षकी पीडित युवती चितवन राप्ती नगरपालिका पिप्ले बस्दै आएका आफ्ना दाई भाउजुलाई भेट्न जानेक्रममा, घलानले पिप्ले टाढा भएको र बिहान आफुले पुर्याइ दिने भनेको कुरा जाहेरिमा उल्लेख छ । राती घलान सहित अरु ३ जना आएर उनलाई करणी गरेको खुलेको छ । पीडित बिरामी भए पछि उपचार पश्चात जेठ २० गते घलानले उनको दाईकोमा लगेर छोडेका थिए । पीडितले जिविकाका लागि काठमाडौंमा ज्यालामजदुरी गर्दै आएको बताएकी छन ।
