जेठ २६, २०७९-
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, यूएईको अध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्वाचित भएका छन् । ढुंगाना अन्तरास्ट्रिय स्थरका सफल पर्यटन ब्यवसयी हुन । मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न भेलाले ५७ सदस्यीय समितिलाई सर्वसम्मतिले निर्वाचित गरेको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, महासचिवमा दीपक खड्का निर्वाचित भएका छन् ।
उपाध्यक्षमा निरन्जन सिलवाल, विकास शाही, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्ण पौडेललगायत १२ जना रहेका छन् । साथै ९ जना सचिवमा र कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
गत वर्ष सेप्टेम्बरमा नै सम्पन्न गर्नु पर्ने अधिवेशन आन्तरिक विवादका कारण पटक-पटक स्थगित भएको थियो ।
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्