
असार ७, २०७९/काठमाडौं-
पत्रकार रवि लामिछानेले पत्रकारिताबाट संयास लिदै नयाँ रजनितिक दल खोलेका छन । मंगलबार राजधानीमा लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरेका हुन ।
‘राजनीतिको हिलो सफा गर्न म हिलोमै डुबुल्की मार्न आएको हुँ, ‘ उनले भने ‘राजनीतिमा कति हिलो मैलो छ मलाई थाहा छ । र म त्यो सफा गरेर निस्कन्छु, त्यसैमा रहदैन ‘
‘क्षमता भएका स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू, जसलाई पनि हाम्रो पार्टीमा स्वागत छ,’ उनले भने ।
यसैगरी उनले जनताको व्यवस्था बदल्न भन्दा पनि अवस्था परिवर्तन गर्न आफु राजनीतिमा आएको बताए ।
घोषणा कार्यक्रममा ठुलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति थियो ।
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्