नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

पर्यटन समाचार

जेठ २८, २०७९/काठमाडौं-

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन । अध्यक्ष पदमा शेर्पाले ७३५ मत हासिल गरेका थिए भने उनका प्रतिद्वन्दी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका थिए । उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा याङ्जुम शेर्पा बिजयी भएका छन । यसैगरी शुक्रबार भएको अधिवेशनबाट महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका हुन् ।

साथै, सदस्यहरुमा आङदावा शेर्पा, पिताम्बर गुरुङ, किसान गुरुङ, सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, दिनेश तामाङ, डोमा शेर्पा र ङिमा डोमा शेर्पा चुनिएका छन् ।

“सोहार्दपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकोमा हामी सम्पुर्ण निवर्तमान एनएमए कमिटि संतुष्ट र खुशी छौ,” निवर्तमान अध्यक्ष शन्त वीर लामाले जानकारी दिएका थिए ।

संघका १२१७ मताधिकार सहितका साधारण सदस्य मध्ये  यसपालीको निर्वाचनमा ९०३ सहभागी भए ।