
३१ जेठ, २०७९-
अमेरिकी सेनाका प्रतिनिधिहरु प्रधानमन्त्री शेर बहादुर देउबालाई भेट्नासाथ ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) को बिषय फेरी चर्चामा आउन थालेको छ ।
प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणको बारेमा पनि संसदमा कुरा उठेका छन् । सांसदहरुले अमेरिकी भ्रमनको उदेश्य बारे प्रश्न चिन्न खडा गरी रहेका छन ।
यसैगरी प्रधान सेनापती प्रभुराम शर्मासमेत अमेरिका भ्रमणमा जाने तयारीमा छन् ।
हालै जेठको पहिलो साता, नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले नेपाल भ्रमणका क्रममा जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेको विषयले पनि चर्चा पाएको हो । नेपाल एक चीन नीतिप्रति पनि प्रतिबद्ध रहँदै आएकोले आफ्नो भूभागलाई कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने अवस्था छ ।
अर्कोतिर अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनको हालै भएको नेपाल भ्रमणका बारेमा पनि कतिपयले ‘इन्डोप्यासिफिक स्ट्राटेजी’ सँग जोडेर हेर्ने गरेका छन ।
एमसीसी राष्ट्रघाती भएको भन्दै आन्दोलन हुँदै आएका छन र ब्याखात्मक टिप्पणी मार्फत सदनमा दर्ता भएको हो ।
विश्लेषकहरुले यी गतिविधिहरुलाई अमेरिका लगायतका रास्ट्रहरुले नेपाली भुभाग चीन बिरुद्ध प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरेका छन ।
