केपी ओली प्रधानमन्त्री हुँदा, एसपीपी सम्झौता भएको !

राजनीति समाचार

असार ३, २०७९/काठमाडौं-

स्टेट पार्टनरर्शिप प्रोग्राम (एसपीपी) सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको प्रमाण सहित खुलेको छ ।

सन् २०१५ अक्टोबर २७ मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उनले तत्कालिन सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री मार्फत पत्र पठाएका थिए ।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको दावी गर्दै आएको थियो ।

बुधबार साँझ मात्रै सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता नभएको बताएको हो ।

सेनाको पत्र सार्वजनिक भए संगै यो विषयमा नयाँ टुइस्ट आएको छ ।