
असार ४, २०७९/धादिङ-
धादिङका स्थानीयले सशस्त्र प्रहरीले काठमाडौं ल्याउँदै गरेको दुई ट्रक अवैध मल लुटेका छन ।
सशस्त्र प्रहरीको एउटा टोलीले सनिवार दिउसो, सो अवैध रासायनिक मल नियन्त्रणमा लिई काठमाडौं ल्याउने क्रममा स्थानीयले लुटेका हुन्।
‘आन्तरिक राजस्व विभाग, ललितपुर ल्याउन लागिएको करिब ४०० बोरा मल, एक्कासी धादिङका स्थानीयले धार्केमा लुटेका हुन । यो सुचना कहाँबाट लिक भयो भन्ने विषयमा अनुसन्धान भई रहेको छ,’ धादिङ प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
‘करिब ३२ बोरा बाकि रहदा, ईप्रका खानीखोलाका प्रहरी निरीक्षक अपुर्ण ढुंगानाले स्थिति नियन्त्रणमा लिए । ठुलो संख्यामा स्थानीय आएकाले दुई जना सशस्त्र प्रहरी जवानलाई नियन्त्रण गर्न कठिन भयो,’ भण्डारीले बताए ।