प्रियंका जोशी बनिन मिस नेपाल २०२२ !

मनोरञ्जन समाचार

असार ५, २०७९/काठमाडौं-

प्रियंका जोशी मिस नेपाल २०२२ को ताज पहिरन सफल  भएकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा आयोजना भएको अन्तिम चरणको प्रतियोगितामा २४ वर्षकि जोशीले मिस नेपाल २०२२ को ताज हात परेकी हुन ।

त्यस्तै शरिसा श्रेष्ठले मिस नेपाल अर्थ तथा न्यान्सी खड्काले मिस नेपाल इन्टरनेसनल जितेका छन ।

कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतिस्पर्धाीहरुलाई स्यास वितरण गरेका थिए ।

अन्तिम चरणको २४ जनामा प्रियंका रानी जोशी, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।