नेपाल सरकारद्वारा एसपीपी अस्वीकार गर्ने निर्णय

राजनीति विश्व समाचार

असार ६, २०७९/काठमाडौं-

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो ।

बिगतमा परराष्ट्र मन्त्रालय मार्फत न गएर बर्तमान समस्या उत्पन्न भएको भन्दै, अब उपरान्त विदेशी राष्ट्रहरुलाई तथा कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयबाट मात्र पत्र पठाइने, शिक्षा मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

सन २०१५ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा, एसपीपीका लागि सहमति जुटाउन नेपाली सेनाले अमेरिकि दूतावासलाई पत्राचार गरेको थियो ।

पछिल्लो घटनाक्रम अनुसार एसपीपीका बिषयमा सत्तारूढ गठबन्धनका दलहरु र प्रमुख बिपक्षी लगायत सबै विपक्षमा उभिएका छन ।

सुरुवातमा अस्विकार गरे पनि, सो पत्र सार्वजनिक भए पछि सेनाका प्रधान सेनापती प्रभुराम शर्माले पत्रकार सम्मेलन मार्फत स्विकारेका हुन ।

हाल प्रधान सेनापती शर्मा बिदेशमा रहेका नेपाली शान्ति सेनाका केम्पहरु निरीक्षण गर्दै अमेरिकि भ्रमणका लागि शनिबार प्रस्तान गरी सकेका छ्न ।