चिकित्सकका सुझाव के छन्?

खानेपानी तथा सरसफाइमा ध्यान दिए हैजाबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।

विशेषगरी हामीले पिउने पानीमा ध्यान पुर्‍याउनुपर्ने डा. दासको सुझाव छ।

“क्लोरीन हालेर पानी शुद्ध पार्न सकिन्छ अथवा पानी राम्ररी उमालेर पिउँदा पनि हुन्छ। अर्का कुरा हात पनि राम्ररी धुने गर्नुपर्छ,” उनले थपे।

झिँगाले पनि सार्न सक्ने भएकोले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाउँछन्।

हैजाको लक्षण देखिएपछि अस्पताल जान अथवा चिकित्सकलाई देखाउन ढिलाइ गर्न नहुने तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्।

“जलवियोजन भएर बिरामीको ज्यान पनि जान सक्ने भएकोले उपचार गराउने कुरामा अल्छी गर्नु हुँदैन,” उनले सचेत गराए।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने गरेको आकलन गरिएको छ।