नेपाल आए नयाँ भारतीय राजदूत श्रीवास्तव

राजनीति विश्व साहित्य

असार ११, २०७९/काठमाडौं-

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल आएका छन् । श्रीवास्तव शनिबार दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं आई पुगेका हुन । उनको नियुक्ति मे १७ मा मोदीको लुम्बिनी भ्रमण अघि भएको थियोे । उनी सन २०१५-१७ सम्म भारतका लागि कम्बोडियाको राजदुत बनेका थिए भने चीन, जापान, कोरिया र मंगोलियाका लागि मिसन प्रमुखको भुमिका निर्वाह गरि सकेका छन ।

उनले सन् १९९३ देखि भारतको परराष्ट्र सेवामा प्रवेश गरेका थिए र करियर दिप्लोम्याटको हैसियतमा नेपाल आएका हुन । चीनसंग भएका विभिन्न कुटनैतिक वार्तामा उनले भारतिय प्रतिनिधिको रुपमा जिम्मेवारी बहन गरेका थिए ।

यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राप भारतको विदेश सचिवमा नियुक्त भएका छन ।