
असार १२, २०७९/काठमाडौं-
नेकपा माओवादी केन्द्र्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले क्यान्सरले थला परेका बिश्व किर्तिमानी आरोही शम्भु तामाङलाई भेटेका छन ।
प्रचण्डले आइतबार बिहान सबैभन्दा सानो उमेरमा सगरमाथाको सफल आरोहण गरेर बिश्व कीर्तिमान कायम गरेका तामाङलाई ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।
उनले सन १९७३, मे ५ का दिन १७ बर्षको उमेरमा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।
पछि आएर सन २००१ मा ताम्बा सेरीले उनको सो कीर्तिमान तोडेका हुन ।
अस्वस्थ हुनु अघि सम्म उनले पर्यटन ब्यवसाय गर्दै आएका थिए ।
आजिवन समाज सेवामा समर्पित रहेका तामाङ तिलगंगा आँखा अस्पतालका संस्थापक तथा बहालवाला कोषध्यक्ष हुनु हुन्छ ।