मन्त्री आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजिनामा दिने प्रतिबद्धता पत्र

पर्यटन राजनीति समाचार

असार १२, २०७९/काठमाडौं-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो पार्टी नेकपा(एकीकृत समाजबादी) का अध्यक्ष माधव कुमार नेपाललाई जुन सुकै समयमा मन्त्री पदबाट राजिनामा दिने प्रतिबद्धता पत्र बुझाएका छन ।

मन्त्री आलेले पार्टीका अन्य मन्त्रीहरुले राजिनामा न बुझाएको समयमा आइतबार पार्टी कार्यलय मिनभवन पुगेर नेपाललाई सो पत्र दिएका हुन ।

पार्टी सचिवालय बैठकले असार २२ गते मन्त्रीहरु हेरेफेर गर्ने निर्णय गरेको थियो तर बहालवालाहरुले सहमती न जनाएकोले कार्यान्वयन हुन सकेको छैन ।

यसैबिच, नेपाली काङ्ग्रेस र माओबादी केन्द्रका नेताहरुबाट पनि मन्त्रीपरिषद बिस्तारका लागि दबाव आएकाले प्रधानमन्त्री शेर बहादुर देउबाले स्थगित गर्न आग्रह गरेका थिए ।

मन्त्री आलेले प्रधानमन्त्रीलाई सिधै न बुझाएर पार्टी अध्यक्षलाई जुन सुकै समयमा राजिनामा दिने प्रतिबद्धता पत्र बुझाएकोमा विभिन्न आकलन हुन थालेका छ्न ।

कतिपयले मन्त्रीपरिषद बिस्तार आजै हुन सक्ने संभावना रहेका बताउछन् ।

समाजबादीले आफ्ना मन्त्रीहरु नियुक्त गर्दा बखतनै छ महिनाको समय सिमा तोकेको थियो ।