असार १३, २०७९/काठमाडौं-
नेकपा एकीकृत समाजवादीका चार जना नयाँ मन्त्रीले पदभार सम्हालेका छन्।
सोमबार राष्ट्रपति कार्यालयमा रास्ट्रपति बिद्या देवी भण्डारीबाट सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले आफ्नो कार्यकालको सुरुवात गरेका छन ।
मन्त्रीपरिषद बिस्तारमा मेट मणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरिएको छ ।
