वामदेव गौतमको नयाँ पार्टीको तयारी पूरा !



 

असार १४, २०७९/काठमाडौं-

वामदेव गौतमले कम्युनिस्ट एकता गर्ने भन्दै नयाँ पार्टी घोषणा गर्न लागेका छन । गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य रहने बताईएको छ । उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दै छन ।

जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।

७० सदस्यीय केन्द्रिय समितिमा उनकी पत्नी तुलसा थापा पनि रहेको खुल्न आएको छ । उनी प्रतिनिधिसभा सदस्य  हुन र यस अघि श्रीमानले बेग्लै अभियान चलाए पनि एमालेमा आबद्ध थिइन ।

केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, दिपक कुमार टमाटा, कमल बस्नेत, रवि खाँ, मो. शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, भगवती विष्ट, डा प्रकाश मान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा, गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल रहेका छन् ।

यस्तै डा रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार), प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा, गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, डोलराज अर्याल, प्रवेश महत क्षेत्री, डा केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठकलगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ असार १४ गते मंगलबार
अरु पनि पढ्नुहोस्