लुम्बिनी प्रदेशका चिकित्सकहरु अनिवार्य दुर्गम जानू पर्छ: स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु

राजनीति समाचार स्वास्थ्य

असार १६, २०७९/बुटवल-

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले चिकित्सकहरु शहर केन्द्रित भएकोले दुर्गम जिल्लाहरुमा अभाव हुने भन्दै समाधानका लागि प्रदेशका सबै अस्पतालका चिकित्सकहरुकाे नामावली संकलन गरी केही महिना अनिवार्य त्यहाँ सेवा प्रदान गर्नु पर्ने कार्यविधि बनाउने प्रतिबद्धता जनाए छन ।

लुम्बिनी प्रदेश सरकारले मानव जीवनलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७९–८० को बजेट मार्फत् स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रमहरु अघि सारेकाे जानकारी गराउदै सो कुरा बताएका हुन ।

मन्त्री थारुले लुम्बिनी प्रदेशकाे दसौँ अधिवेशनको १८ औँ बैठकमा प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा ४ अर्व ५८ करोड १६ लाख ५९ हजार मन्त्रालयको कुल बजेट रहेकाे जानकारी गराएका छन । प्रदेशको शिलिङ्ग बाट २ अर्ब ७० कराेड ३६ लाख ६९ हजार रकम मध्ये ९९ करोड २३ लाख रुपैयाँ पुजिगत खर्च तर्फ विनियोजन र बाकी चालू तर्फ भएकाे बताए ।

लुम्बिनी प्रदेश संसदहरुले स्वास्थ्य क्षेत्रको बजेटमाथी साेधिएकाे प्रश्नहरुको जवाफ दिदै स्वास्थ्य मन्त्री थारुले सरकारी अस्पतालकाे प्रगति विवरण तथा अन्य तथ्यांक पनि सार्वजनिक गरे । उक्त तथ्यांक अनुसार
संस्थागत हुने सुत्केरी, पुर्ण खाेप र सरकारी निःशुल्क गर्व चेकजाँच, बहिरङ्ग बिभाग ,आकस्मिक बिभाग र प्रदेश भरिका १३ वटा अस्पतालहरुमा पनि सेवा प्रवाह क्रमश वृद्धि भएकाे देखिन्छ ।

त्यस्तै उनले लुम्बिनी प्रदेशका अस्पतालहरु सुधार हुँदै गएको उल्लेख गर्दै अत्याधुनिक प्रविधी मार्फत चेक जाँच भईरहेकाे बताए । उनले प्रदेशका माननीय मन्त्री र सासंदहरुलाई पनि सरकारी अस्पतालमा गएर उपाचार गराउन र जनताहरुलाई पनि सरकारी अस्पतालबाटनै सबै सेवा प्रवाह गर्न सकिने सुचना प्रवाह गर्न आग्रह गरे ।

प्रदेशका जिल्ला अस्पतालहरुमा चिकित्सक तथा दक्षजनशक्ति अभाब भईरहेकाे बिषयमा, माग पुर्ती गर्न दाेस्राे आ.व बाट साताैँ र आठाैँ तहका स्वास्थ्यकर्मीहरुकाे सुचना निकाले पनि केही प्राबिधिक समस्याकाे कारण राेकिएकाे अबस्था रहेकाे र चाैथाे र पाचाैँ तहकाे छिटै स्वीकृत गराएर लाेकसेवा आयाेग मार्फत समस्या समाधान गरिने समेत बताए । साथै अस्पतालले दिने निशुल्क ओैषधि गुणस्तरहिन भएकाे जिज्ञासाको जवाब दिदै त्यस्तो न भएकोमा जोड दिए ।

प्रदेश सरकारको अपेक्षाः प्रसुति महिलाको सुरक्षा’ पाठेघरको मुख र स्तनको क्यान्सर परीक्षणलाई हरेक स्थानीय तहसम्म विस्तार सुत्केरी महिला र नवजात शिशुको पोषण सुधार गर्न ‘निःशुल्क सुत्केरी पोषण आहार’ वितरण कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्ने बताए । साथै प्रदेशका सरकारी तथा सामुदायिक अस्पतालहरूमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने व्यवस्था, विपन्न नागरिकको क्यान्सर, मुटुको भल्भ फेर्ने र मृगौला प्रत्यारोपण रोगको उपचारमा सहयोग स्वरुप आर्थिक सहुलियत दिईने बताए ।

यसैगरी, थारु समुदायमा हुने सिकलसेल एनेमिया लगायत रगतजन्य बंशाणुगत रोगको स्क्रिनिङ, रोकथाम तथा उपचारका लागि पनि बजेट विनियोजन गरिएकाे र लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क गर्ने व्यवस्था गरिएको छ।