असार १९, २०७९/काठमाडौं-
नेकपा(माओवादी केन्द्र) को केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ ।
बैठकको आरम्भमा सहिदहरुप्रती श्रद्धाञ्जली अर्पणपछि, केन्द्रिय समितिको दोश्रो बैठकले चयन गरेका नयाँ केन्द्रिय सदस्य तथा बैकल्पिक केन्द्रिय सदस्यहरुले सपत ग्रहण गरे ।
विभिन्न प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ राख्ने, अध्यक्ष प्रचण्डबाट समसामयिक विषयमा प्रशिक्षण, पोलिट ब्युरो तथा पदाधिकारी चयन लगायतको कार्यसुची रहेको छ ।
बैठक आइतवार, सोमबार र मंगलबार बस्ने कुरा छ ।
