जनार्दन शर्माले ल्याएको निर्यातमा अनुदानको निति: सिमेन्ट भारत जान थाल्यो

अर्थ राजनीति समाचार

असार २५, २०७९/काठमाडौं-

नेपाली सिमेन्ट भारत निर्यात हुन सुरु भएको छ । हालै राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माको पहलमा सरकारले निर्यातमा अनुदान दिने भएपछि, नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट पठाउन लागेको हो । शुक्रबार सुनौली नाका हुँदै ३ ट्रक सिमेन्ट भारत पठाईएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले बताए । ‘हामिले परिक्षणका लागि तीन ट्रक पठाएका छौँ, ‘ उनले भने, ‘आगामी दिनमा त्यसलाई बढाउदै लैजान्छौ ।’

उध्योगले तानसेन ब्रान्डको पिपिसी सिमेन्ट निर्यात गरेको हो । आगामी दिनमा भारतीय बजारमा नेपाली सिमेन्ट बजार बिस्तार गर्दै लैजाने उनले बताए । यसैगरी जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँची लगायत सिमेन्ट उध्योगले पनि निर्यातको तयारीमा लागेका छन । सो कालागी सरकारले ८ प्रतिशत नगद अनुदान दिने भएपछि उध्योगीहरुको मनोबल बढेको छ ।