चिनियाँ बिदेश विभाग प्रमुख लिउद्वारा प्रचण्डसंग भेटवार्ता

राजनीति विश्व समाचार

असार २७, २०७९/काठमाडौं-

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन ।

सोमबार दिउँसो लिउ खुमलटारस्थित प्रचण्ड निवासमा पुगि समसामयिक बिषयमा छलफल गरेका छन ।

सो अवसरमा माओवादी नेताहरु कृष्ण बहादुर महरा, देव गुरुङ, पम्फा भुसाल लगायतको उपस्थिति थियो ।

चार दिने नेपाल भ्रमणमा रहेका चिनिया बिदेश बिभाग प्रमुख लिउले भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउबा लगायत काङ्ग्रेसका शिर्ष नेताहरुसंग भेटघाट गरि सकेका छन ।