प्रधानमन्त्री शेरबहादुर देउबा भरतपुर मेयर रेनु दाहाल भेटघाट: चितवनको विकास बारे छलफल

राजनीति समाचार

असार २८, २०७९/काठमाडौं-

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको विकासका बारेमा छलफल गरेकी छिन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मेयर दाहालले भेटघाट गरेकी हुन ।

मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति, चितवनको भरतपुर एयरपोर्ट विस्तार र अन्तराष्ट्रिय रंगशाला निर्माण लगयतका विषयमा छलफल गरेको मेयर दाहालले बताइन् ।

‘छलफल निकै महत्त्वपूर्ण र उपलब्धिमुलक रह्यो । प्रधानमन्त्री चितवनको समग्र बिकासप्रति निकै सकारात्मक हुनु हुन्छ,’ उनले जानकारी गराईन ।

सो भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मुख्य सचिव र प्रधानसेनापतिको समेत उपस्थिति थियो ।