एम अधिकारी: नेपाल राष्ट्र बैंकका गभर्नर फेरि चार्चामा

अर्थ राजनीति समाचार

असार २८, २०७९/काठमाडौं-

नेपाल राष्ट्र बैंक

गभर्नर महाप्रसाद अधिकारी एमाले अर्थ विभागका सदस्य रहेको खुलासा भएको छ ।

मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखेपछि निकै चर्चाको बिषय बनेको छ ।

एक जना एमाले नेतालाई सोधपुछ गर्दा, ‘अधिकारी ओलीका प्रिय पात्र भएकोले अरुनै कोहि हुन सक्ने कुरै भएन,’ उनले भने ‘बेला बखत पार्टीको लेखाको कामकारबाही उनले गर्दै आएका छन । फेरि खोटाङ घर भएको अर्थमा यस्तो पोख्त अरु अधिकारी छैनन’ ।

अर्का एक जना एमाले श्रोतका अनुसार एमालेमा कर्मचारी वा सरकारी नियुक्ति लिएका कार्यकर्ताहरुले यसरीनै गोप्य तरिकाले पार्टी कमिटी वा विभागमा सांकेतिक नाम राख्ने चलन पहिले देखिनै छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ ।

ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ ।

२४ चैत २०७६मा अधिकारी गभर्नरमा नियुक्त भएका थिए । उनी त्यसअघि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । ९ असार २०७३मा लगानी बोर्ड गएका उनी त्यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर थिए ।

अधिकारीलाई केपी ओलीले धेरै उम्मेद्वारहरुलाई पाखा लगाउदै २०७७ मा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेका थिए ।