नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल उपसभामुख बन्न सफल भएकी छिन । शुक्रबार नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरि भुसाल सो पदमा बिजयी भएकी हुन् । भुसालले १४८ मत हासिल गरेकी थियिन भने भट्टराईले ९३ मत मात्र प्राप्त गरिन ।
भुसालको यो दोश्रो उम्मेदवारी हो । २०७४ मा पनि काङ्ग्रेसले उपसभामुखको उम्मेदवार बनाएको थियो ।
उनी काङ्ग्रेसकी सचेत तथा केन्द्रिय सदस्य पनि हुन र बरिस्ठ अधिवक्ता पनि ।

उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रूपमा समेत काम गरेकी थिइन् र त्रिभुवन विश्वविद्यालयमा अद्यापन गरेको अनुभव पनि छ उनको ।
शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिए यता उपसभामुखको पद रिक्त थियो ।