सन १९५० को असमान सन्धि पुनरावलोकन गर्नु पर्छ: प्रचण्ड ।

राजनीति विश्व समाचार

असार ३२, २०७९/दिल्ली-

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

शनिबार तीन दिने भारत भ्रमणमा रहेका माओबादी अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टीले लामो समय देखि यस्ता सन्धि पुनरावलोकन गरिनु पर्नेमा जोड दिए ।

दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको र छिमेकिबिचको सम्बन्ध सम्मानजनक हुँदा लामो समय सुमधुर हुने उल्लेख गरे ।

यसैगरी उनले दुबै देशबिच कुनै पनि समस्या आए कूटनीतिक सम्वादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार भारत गएका  हुन्। यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले शनिबार नैभारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

त्यस्तै उनले प्रवाशमा लामो समयदेखी नेपालीहरुको एकता झल्काउने र दुख पर्दा सहयोग गर्ने अखिल भारत नेपाली एकता मंचका नेताहरुसित भेटघाट गरेका छन ।

सोही सिलसिलामा उनले भारतका लागि नेपाली राजदुत शंकर प्रसाद शर्मालाई पनि दूतावासमा भेटे ।

उनलाई बिमानस्थलमा भाजपाका बिदेश बिभाग प्रमुख डा. बिजय चौथाईवाले लगायतका नेताहरुले स्वागत गरेका थिए ।