श्रावण १, २०७९/काठमाडौं-
गभर्नर महाप्रसाद अधिकारी विरुद्धको बालुवाटारमा भएको बिध्यार्थी प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको छ ।
अग्रपंक्तिमा अखिल क्रान्तिकारीका बिद्यार्थी भएकोले पक्राउ पर्नेमा अधिकांस उनीहरुनै थिए ।
अखिल क्रान्तिकारीका क्षितिज सापकोटा, सम्राट थापा, बाबुराम नेपाली, रबिन न्यौपाने , बिनोद शाही , रेशमलाल श्रेस्ठ र कृष्णप्रसाद श्रेस्ठ पक्राउ परेको अखिल क्रान्तिकारीका महासचिव जीपी मौनालीले जानकारी दिए ।
उनीहरुलाई करिब ३ घन्टा पछि मालिगाउँ प्रहरी चौकीबाट रिहा गरिएको थियो ।

प्रहरी हस्तक्षेपमा कतिपय विद्यार्थी घाइते पनि भए ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै उनको सर्वत्र आलोचना भई रहेको छ ।
यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।
