ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा सहदेव धमला निर्वाचित

पर्यटन राजनीति समाचार

साउन १, २०७९/काठमाडौं-

ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा व्यवसायी सहदेव धमला निर्वाचित भएका छन् ।

शनिबार लैनचौर ब्याङक्वेटमा भएको निर्वाचनमा धमलाले ६८३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र श्रेष्ठले ५२५ मत प्राप्त गरेका हुन ।

धमला भविश्वर शर्माको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् । शर्मा सत्तारुढ गठबन्धनको प्यानलबाट अध्यक्ष पदमा ७७२ मत प्राप्त गरि विजयी भएका हुन् । उनले ध्रुव  अधिकारीलाई २०४ मतान्तरले पराजित गरेका छन । अधिकारीले ५६८ मत ल्याएका थिए ।

धादिङको नीलकण्ठ नगरपालिका ज्यामरुङ–११ मा जन्मिएका धमला करिब २ दशक देखि पर्यटन ब्यवसायमा सकृय छन ।

उनले ठमेलमा ईको होटल, बेष्ट हेरिटेज टुर एण्ड ट्रभल्स संन्चालन गर्दै आएका छन् ।